काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२४ अंकले बढ्दै २,६९५.५५ अंकमा पुगेको छ। दिनभर २,७०० अंकभन्दा माथि पुगेको बजार अन्त्यमा सो स्तरभन्दा तल झरेर बन्द भएको हो। आजको कारोबारमा कुल २४४ कम्पनी सहभागी भए, जसमा २२२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो।…