२३ बैशाख २०८३, बुधबार । May 6, 2026

‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१’ सानेपामा सुरु, नेपाली कफी प्रवर्द्धनमा जोड


२१ चैत्र २०८१, शुक्रबार  

102
Shares

काठमाडौं । नेपाली कफीको गुणस्तर सुधार, उत्पादन वृद्धि र बजार विस्तारमा योगदान पु¥याउने लक्ष्यसहित नेपाल कफी व्यवसायी महासंघले ‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१’ को आयोजना गरेको छ ।

चैत २१ गतेदेखि ललितपुरको सानेपामा सुरु भएको यो तीनदिने फेस्टिभल चैत २३ गते शनिबारसम्म चल्नेछ । मेला उत्पादकदेखि उपभोक्तासम्मलाई जोड्ने उद्देश्यले आयोजना गरिएको हो । महासंघका अध्यक्ष ओमनाथ अधिकारीका अनुसार, मेलाले कफी क्षेत्रका सरोकारवाला सबैलाई एकसाथ ल्याउने, सम्भावना पहिचान गर्ने, र अनुभव आदानप्रदानको प्ल्याटफर्मको रूपमा काम गर्नेछ ।

उनले भने, “फेस्टिभलको मूल लक्ष्य नेपाली कफीको आन्तरिक र बाह्य बजार विस्तार गर्नु, कफीमा आधारित उद्यमशिलता प्रवद्र्धन गर्नु, र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्नु हो।” यो मेला व्यापार, ज्ञान र समन्वयको त्रिवेणी बन्ने साथै नेपालको कफी उद्योगलाई नयाँ दिशा दिन कोशेढुंगाको रुपमा स्थापित हुने विश्वास समेत गरिएको छ ।

फेस्टिभलमा कफी प्रदर्शनी, स्वाद परीक्षण, राष्ट्रिय प्रतियोगिता, र विभिन्न कफी ब्रान्ड तथा उद्यमीहरूद्वारा उत्पादन गरिएको कफी र सेवाको प्रदर्शन गरिएको छ । कफीको गुणस्तर सुधार, उत्पादनमा नवप्रविधिको प्रयोग र युवाहरूको आकर्षण बढाउन यस्तो मेला अपरिहार्य रहेको रोयल हिमालय कफीका सञ्चालक मदन सापकोटाको भनाई छ ।

सापकोटाका अनुसार कफी उद्योगमा युवाको संलग्नता वृद्धि गर्दै मेलाले भविष्यमा रोजगारी सिर्जनामा समेत टेवा पु¥याउने छ ।आयोजकका अनुसारः फेस्टिभलले किसान, व्यापारी र उपभोक्ताबीचको दूरी हटाएर सञ्जाल विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

साथै नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन र आर्थिक समृद्धिमा योगदान दिन पनि यस्तै प्रकारका मेलाहरु आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट