१ श्रावण २०८२, बुधबार । July 16, 2025

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको छ।

सुप्रिम सहकारी घोटाला प्रकरणमा संलग्नताकाे आरोपमा लामिछानेलाई पक्राउ गरी थुनामा राख्न आदेश दिइएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको अघिल्लो आदेशलाई उल्टाउँदै शुक्रबार यस्तो निर्णय सुनाएको हो। जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नपठाउने निर्णय गरेको थियो।

सुप्रिम सहकारीमा भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालतमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो। शुक्रबार भएको फैसलामा अदालतले अभियुक्त रवि लामिछानेलाई अनुसन्धान तथा न्यायिक प्रक्रियालाई सहज बनाउन थुनामा राख्नुपर्ने ठहर गरेको हो।

यो आदेशसँगै लामिछानेलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश