६ बैशाख २०८३, आइतबार । April 19, 2026

दलीय ट्रेड युनियन खारेजीको मागसहित कर्मचारीको मन्त्रालयअघि धर्ना

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने मागसहित सरकारी कर्मचारीहरू धर्नामा बसेका छन्। उनीहरूले संघीय निजामती सेवा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसमेत अघि सारेका छन्। स्वतन्त्र निजामती कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलका अनुसार, पटक–पटक मागपत्र बुझाउँदा पनि सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन्। २०८१ चैत १७…