२८ कार्तिक २०८२, बिहिबार । November 13, 2025

कियाको “एक्सचेन्ज कार्निभल” गैरीधारामा सुरु : ६ लाखसम्म छुट र विशेष अफर



काठमाडौं । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले शुक्रबारदेखि काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा ‘किया एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

तीन दिनसम्म चल्ने यो कार्निभल आइतबारसम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार कार्निभलले सवारीसाधनका पारखीलाई कुनै पनि ब्रान्डका पुराना गाडी उत्कृष्ट मूल्यमा बिक्री गरी किया ब्रान्डका आधुनिक इलेक्ट्रिक वा आन्तरिक दहन इञ्जिन (ICE) सवारीसाधनमा सजिलै अपग्रेड हुने अवसर प्रदान गर्नेछ।

कार्यक्रममा सहभागी भएर किया गाडीको टेस्ट ड्राइभ गर्ने उपभोक्तालाई विशेष उपहारको व्यवस्था गरिएको छ। साथै, एक्सचेन्ज बोनस स्वरूप ६ लाख रुपैयाँसम्मको लाभ र नगद खरिदमा पनि ६ लाख रुपैयाँसम्म छुटको प्रस्ताव उपलब्ध छ। गाडी खरिदकर्ताका लागि सहजरूपमा वित्तीय संस्थामार्फत फाइनान्स सुविधा प्रदान गरिनेछ भने एक वर्षको सडक कर तथा बीमा कम्पनीले नै बेहोर्ने योजना ल्याइएको छ।

किया कार्निभलमा पुराना गाडीको उच्च मूल्यांकनका साथै विशेष एक्सचेन्ज बोनस समेत उपलब्ध गराइनेछ, जसले उपभोक्तालाई थप सुविधा दिने कम्पनीको दाबी छ। कार्यक्रममा कियाका चर्चित मोडलहरू-सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), साथै इभी६ र इभी९ विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको छ।

करीब ३० वर्षदेखि नेपाली सडकमैत्री बनेका कियाका गाडीहरूले ग्लोबल बजारमै आफूलाई प्रमाणित गरिसकेका छन्। कियाको यो एक्सचेन्ज कार्निभल उपभोक्ताका लागि सस्तो मूल्यमा उत्कृष्ट गाडी किन्न र पुराना गाडी सजिलै एक्सचेन्ज गर्न उपयुक्त अवसर बन्ने देखिन्छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई