काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले शुक्रबार हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ। आसाममा आत्मसमर्पण गरेका प्रसाईंलाई नेपाल प्रहरीको विशेष टोलीले आज(शुक्रबार) बिहान झापा ल्याएको हो। विमानस्थलमा बोर्डिङ प्रक्रिया पूरा गरेपछि प्रसाईं र उनका सुरक्षाकर्मी दीपक खड्का बुद्ध एअरको विमानमार्फत…