२ बैशाख २०८३, बुधबार । April 15, 2026

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि


८ बैशाख २०८२, सोमबार  

27
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक नेप्से ओरालो लागेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ७.७५ अंकले घटेर २,६९८.४९ विन्दुमा झरेको हो। दिउँसो कारोबारको क्रममा नेप्से एक पटक २,७१६ अंकसम्म पुगेको थियो। तर त्यसपछि बजारमा पुनः चाप बढेपछि सूचक ओरालो लाग्यो। परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

आइतबार ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। शेयर बजारमा आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ। १ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत परिसूचकको अवस्था
व्यापार समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ। यस्तै, बैंकिङ समूह ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५ र अन्य समूह १ प्रतिशतले घटेका छन्। त्यस्तै, विकास बैंक समूह ०.४३, होटल तथा पर्यटन ०.०६, जलविद्युत ०.७७, लगानी ०.१७ र उत्पादन समूह ०.०३ प्रतिशतले बढेका छन्।

मूल्यमा उल्लेखनीय उतारचढाव
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य लगातार केही दिनदेखि १० प्रतिशतले बढिरहेको छ। सोमबार पनि ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.८८ प्रतिशत, युनिभर्सल पावरको ९.८० प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९.०७ प्रतिशतले बढेको छ।

मबार सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा एसबीआई बैंक अग्रस्थानमा रहेको छ, जसको सेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ। त्यसपछि विन नेपाल लघुवित्तको ४.०२ र ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशतले मूल्य घटेको छ।

अधिक कारोबार भएका कम्पनीहरू
आज कारोबारका आधारमा अग्रस्थानमा रहेका कम्पनीहरूमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व