१ कार्तिक २०८३, आइतबार । October 18, 2026

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा


८ बैशाख २०८२, सोमबार  

24
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन थालेको आज २० दिन पुगेको छ ।

यसैबीच, लामो समयदेखि आन्दोलनरत शिक्षकसँगको संवादले कुनै निष्कर्ष ननिकालेपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगिरहेका बेला मन्त्री भट्टराईले मन्त्रिपरिषद बैठकको केही समय अगावै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न नसक्दा सरकार र आन्दोलनरत पक्षबीच दूरी झनै बढिरहेको बेला राजीनामा आएको हो ।

मन्त्रीको राजीनामापछि अब मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे निर्णय आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि