२४ असार २०८२, मंगलबार । July 8, 2025

आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायू तथा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहँदा अन्य अधिकांश स्थानमा मौसम सफा रहेको छ।

दिउँसोको अवस्था
कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। साथै, अन्य प्रदेशका पहाडी भागमा पनि एक-दुई स्थानमा यस्तै अवस्था देखिन सक्छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको अवस्था
राततिर पनि कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान छ। यी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च भू-भागमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले