५ असार २०८३, शुक्रबार । June 19, 2026

१५० ओटा स्कुल लिडरहरूको सहभागीता सहित नेसनल प्याब्सन काठमाडौंको एकदिने तालिम सम्पन्न


१९ बैशाख २०८२, शुक्रबार  

33
Shares

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय प्राचार्य, सह–प्राचार्य तथा स्कुल लिडरहरूका लागि नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले आयोजना गरेको एकदिने तालिम भक्तपुरस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न भएको छ।

नेसनल प्याब्सनकी संस्थापक तथा वर्तमान राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा उद्घघा टन गरिएको कार्यक्रममा तीन जिल्लाका ७० वटा विद्यालयका १५० जना स्कुल लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिममा स्मार्ट बोर्डको उपयोग, डिजिटल माध्यममार्फत प्रभावकारी शिक्षण, संस्कारसहितको सिकाइ, सीपमैत्री मूल्यांकन र शिक्षण पद्धतिमा ध्यान केन्द्रित गरियो।

प्रशिक्षकको रूपमा नेसनल प्याब्सनका पूर्व अध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाही, आईएनजी समूहका सीईओ सुलभ बुढाथोकी, स्मार्टरका संस्थापक सीईओ जित राघव र थ्री सी आर एडुकेटरका प्रमुख उत्तम दाहालले प्रशिक्षण प्रदान गरेका थिए। तालिममा अध्यक्ष राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी थिइन्।

तालिमको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर प्रमुख अतिथि रहेका थिए। उनले सहभागी सबै स्कुल लिडरहरूलाई प्रमाणपत्र वितरण गर्दै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि संस्थागत र सामुदायिक विद्यालयबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, उनले प्रदेश सरकारले यस्तो सहकार्यका लागि आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए।

नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न यस्तो गोष्ठी आवश्यक रहेको बताएका थिए। उनले यो कार्यक्रम एसोसिएसनको पूर्वनियोजित वार्षिक तालिकाअनुसार सञ्चालन गरिएको जानकारी दिए। “विद्यालयहरूलाई सबल बनाउने, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा नेतृत्व क्षमताको विकासका लागि यस्ता तालिम नियमित रूपमा सञ्चालन गरिनेछ,’’उनले भने ।

कार्यक्रममा पूर्व अध्यक्षहरू पाण्डव हमाल, ऋतुराज सापकोटा, शिक्षा नीति तथा प्रशिक्षण आयोग प्रमुख कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, जिल्ला र नगरस्तरीय पदाधिकारीहरू, तथा विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो।

तालिम सञ्चालन नेसनल प्याब्सनका सह–सचिव प्रकाश अधिकारीले गरेका थिए।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा