२३ बैशाख २०८३, बुधबार । May 6, 2026

त्रास, हत्या र धम्कीबीच नेपाली पत्रकारिताः नेपालमा मिडियामाथि संकटको वर्ष !


१९ बैशाख २०८२, शुक्रबार  

54
Shares

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनमा २०२४ मे ४ देखि २०२५ मे १ सम्मको अवधिमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका ३२ घटना अभिलेख गरिएको उल्लेख छ, जसले ४० जना पत्रकार र सञ्चार संस्थालाई प्रत्यक्ष रूपमा असर पारेका छन्। उक्त प्रतिवेदन मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

प्रतिवेदनमा पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ३ जना पत्रकारको गिरफ्तारी, २२ वटा धम्की र त्रासका घटना, सूचनाको अवरोध, र मिडिया उपकरण नियन्त्रणजस्ता गम्भीर उल्लंघनहरूलाई विशेष रूपमा उठाइएको छ। कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पन्तले भने, “यी तथ्यांकहरू केवल संख्या होइनन्, स्वतन्त्र पत्रकारितामाथिको गम्भीर खतरा हुन्।

राज्यका कानुनी प्रयासहरू नै आज स्वतन्त्र मिडिया नियन्त्रण गर्ने औजार बन्दै गएका छन्।” प्रतिवेदनमा विदेशी हस्तक्षेपसमेत उजागर गरिएको छ—पत्रकार गजेन्द्र बुढाथोकीलाई चिनियाँ दूतबाट धम्की दिइएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै, महिला पत्रकारहरूका लागि विद्यमान जोखिमलाई पनि विशेष रूपमा उठाइएको छ। पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको फोहर पानीबाट घाइते भएकी थिइन्, जुन घटनाले महिलामाथिको जोखिम थप उजागर गर्छ।

कार्यक्रममा ‘कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभाव’ विषयमा अन्तरक्रिया समेत गरियो। पत्रकार, मिडिया विज्ञ तथा कानुनी क्षेत्रका व्यक्तिहरूले एआईको अवसर र चुनौतीबारे बहस गरेका थिए। छलफलमा सञ्चार साक्षरताको खाँचो र दुरुपयोग रोक्न नीतिगत संरचना आवश्यक रहेकोमा जोड दिइयो।

कार्यक्रममा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले मिडिया एक्सन नेपालको भूमिका “वाचडग” को रूपमा प्रशंसा गर्दै भने, “मिडिया एक्सन नेपालजस्ता संस्थाहरूले यस्ता उल्लंघनहरू अभिलेख गरेर राष्ट्रिय विमर्शलाई मार्गदर्शन गरिरहेका छन्।”

मिडिया एक्सन नेपालले सबै सरोकारवालालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा आ–आफ्नो भूमिकाप्रति सजग र उत्तरदायी बन्न आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट