२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बागमती, गण्डकी र मधेस प्रदेशका विभिन्न भागहरूमा पनि वर्षा जारी छ। महाशाखाको वेभसाइटले देखाएको जानकारी अनुसार, पश्चिमबाट पूर्वतिर सर्दै गरेका बादलका कारण वर्षा भइरहेको हो। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको मिलेजुले प्रभाव सक्रिय रहेको…