७ असार २०८२, शनिबार । June 21, 2025

१० रात नागढुंगा–नौबिसे सडक बन्द ! वैकल्पिक बाटो रोज्नुस्



काठमाडौं । नागढुंगा–नौबिसे सडकअन्तर्गत पिप्लामोड खण्ड आगामी दस दिनका लागि आंशिक रुपमा बन्द गरिने भएको छ।

आज रातिदेखि लागू हुने यो व्यवस्था अनुसार प्रत्येक राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका प्रमुख इन्जिनियर केशवप्रसाद ओझाका अनुसार वैशाख ३१ गतेसम्म सडक सुधारको कामलाई तीव्रता दिने उद्देश्यले यस्तो कदम चालिएको हो।

हाल १ दशमलव ८ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति भइरहेको छ, जसअन्तर्गत पुरानो कालेपत्रे पूर्ण रूपमा हटाइनेछ। कामको प्रकृतिलाई ध्यानमा राख्दै रातिको समयमा अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। सडक सुधार परियोजनाअन्तर्गत नागढुंगादेखि मुग्लिनसम्मको मार्गलाई तीन खण्डमा विभाजन गरी चरणबद्ध रूपमा निर्माण कार्य अघि बढाइएको छ।

यो मार्ग दैनिक १० हजारभन्दा बढी सवारीसाधनको आवागमन हुने व्यस्त सडक हो, जसका कारण वैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। योजना अनुसार तोकिएको समय सीमामा काम सम्पन्न गर्न सहयोग पुर्‍याउन आम सर्वसाधारण, चालक तथा यात्रुहरूलाई पूर्वसूचना दिइएको जनाइएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली