काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा पुनः सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघिको आइतबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो, जसपछि त्यस दिनको मूल्य १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने आज परिवर्तन भएको छैन। महासङ्घका अनुसार चाँदी अहिले तोलामा १ हजार ९ सय १० रुपैयाँमै स्थिर रहेको छ। नेपालमा दैनिक सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार तथा भन्सार दरको आधारमा निर्धारण गरिन्छ।
प्रतिक्रिया