६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित


२२ बैशाख २०८२, सोमबार  

192
Shares

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।

यस जितसँगै पञ्जाब प्लेअफको दौडमा थप मजबुत बनेको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २३६ रनको विशाल स्कोर बनायो । ओपनर प्रभसिमरन सिंहले ४८ बलमा ९१ रनको शानदार पारी खेले, जसमा उनले ६ चौका र ७ छक्का प्रहार गरे ।

कप्तान श्रेयस अय्यरले ४५ रन, शशांक सिंहले अविजित ३३ र जोश इंग्लिसले ३० रन जोडे । अन्त्यमा मार्कस स्टोइनिसले ५ बलमा १५ रनको विस्फोटक फिनिशिङ गरे । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो । सुरुवाती ओभरमै टप अर्डर धरासायी भएपछि लखनउ खेलमै पछि पर्‍यो ।

अर्शदीप सिंहले शानदार बलिङ गर्दै लखनउका शीर्ष ३ ब्याटर—मिचेल मार्श, एइडन मार्क्रम र निकोलस पूरनलाई पवेलियन फर्काए । उनले ४ ओभरमा १६ रन दिँदै ३ विकेट लिए । ओमरजाइले २ विकेट तथा यानसेन र चहलले १-१ विकेट लिए । लखनउका लागि आयुष बदोनीले सर्वाधिक ७४ रन बनाए भने अब्दुल समदले ४५ रनको योगदान गरे ।

कप्तान पन्तले १८ रन बनाउँदा आवेश खान १९ रनमा अविजित रहे । लखनउका बलर आकाश सिंह र दिग्वेश राथीले २-२ विकेट लिए भने प्रिन्स यादवले १ विकेट लिए । यस जितपछि पञ्जाबको ११ खेलबाट १५ अंक पुगेको छ र ऊ दोस्रो स्थानमा उक्लिएको छ ।

भने ११ खेलमा १० अंकमात्रै जोडेको लखनउ तालिकाको सातौं स्थानमा झरेको छ, जसले गर्दा उसको प्लेअफ सम्भावना थप कमजोर बनेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि