२ असार २०८२, सोमबार । June 16, 2025

महिला टी–२० विश्वकप छनोट: नेपालले पहिलो खेल हङकङसँग खेल्ने



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल हङकङविरुद्ध खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सी मा परेको छ, जहाँ उसका प्रतिस्पर्धी हङकङ र बहराइन रहनेछन्। समूह चरणमा डबल राउण्ड रोविन फर्म्याटमा खेल हुने प्रतियोगितामा प्रत्येक समूहको शीर्ष टोलीले सुपर राउण्डमा स्थान बनाउनेछ।

समग्रमा छनोटमा ९ टोली सहभागी छन्, जसलाई तीनवटा समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेताहरूले सुपर राउण्डमा प्रतिस्पर्धा गर्नेछन्, र त्यसपछि उत्कृष्ट दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। मे ९ देखि २० सम्म थाइल्यान्डमा आयोजना हुने उक्त छनोट प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईको सहभागिता रहनेछ।

हाल भारतमा अभ्यासमा रहेको नेपाली महिला क्रिकेट टोली सोही अभ्यास यात्रा सकिएपछि थाइल्यान्ड प्रस्थान गर्नेछ। नेपालको प्रदर्शन यस पटक उत्कृष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको