१ आश्विन २०८३, बिहिबार । September 18, 2026

तीन दिनदेखि बेपत्ता युवक खाल्डोमा मृत भेटिए, मोटरसाइकल दुर्घटनाको आशंका


२२ बैशाख २०८२, सोमबार  

951
Shares

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डन सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।

तीन दिनअघिदेखि सम्पर्कविहीन भएका टण्डन बुटवल उपमहानगरपालिका–११ मा रहेको हाइटेन्सन लाइन हटाएर मोनोपोल जडान गर्न खनिएको खाडलमा मोटरसाइकलसहित मृत भेटिएका हुन्। प्रहरीका अनुसार रातिको समयमा अनियन्त्रित गतिमा मोटरसाइकल हुइक्याउँदा उनी सो खाडलमा खसेर ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाले टण्डनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल घटनास्थलमै भेटिएको जानकारी दिए। ‘परिवारले आइतबार उनी हराएको भन्दै निवेदन दिएका थिए,’ डिएसपी रानाले बताए, ‘राति झन्डै दुई बजेतिर तीब्र गतिमा आएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा खसेको देखिन्छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टण्डनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ