५ असार २०८३, शुक्रबार । June 19, 2026

सातदोबाटो–हात्तीवनमा कार ठोकिँदा पोल ढल्यो, सडक बन्द


२२ बैशाख २०८२, सोमबार  

114
Shares

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गए राति भएको कार दुर्घटनाले ठूलो क्षति निम्त्याएको छ।

तीव्र गतिमा रहेको बा १५ च ७६५२ नम्बरको कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा पोल भाँचिएर सडकमा ढलेको छ, जसका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

करिब ११ हजार भोल्टको विद्युत् प्रवाह हुने पोल सडकमा ढल्दा सुरक्षाका दृष्टिकोणले यातायात सम्पूर्ण रूपमा रोकिएको छ। घटनास्थलमा ललितपुर महानगरपालिका, नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरू खटिएका छन् र पोल हटाउने काम तीव्र गतिमा भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कार आफैं अनियन्त्रित भएर पोलमा ठोक्किएको हुन सक्ने प्रहरीले जनाएको छ। यातायात सहज बनाउनका लागि पोल हटाउने प्रयास जारी रहेको छ भने सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा