काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित क्षेत्रका लागि राहत र उपचार सामग्री लिएर प्रस्थान गरेको छ। हालै आएको विनाशकारी भूकम्पको असरपछि नेपाली सरकारको तर्फबाट चिकित्सा र राहत सामग्री सहितको टोली म्यानमार पठाइएको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमार प्रस्थान गरेको छ। यस टोलीमा १२ चिकित्सक, ४ जना…