७ बैशाख २०८२, आइतबार । April 20, 2025

मौसममा हल्का बदली, स्वास्थ्य सतर्कता आवश्यक



काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै, ती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ। अर्कोतर्फ, देशका अधिकांश क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा वायुमा सुख्खापन बढ्दो छ। यसका कारण आगलागी र वायु प्रदूषणको जोखिम समेत बढिरहेको महाशाखाले जनाएको छ।

स्वास्थ्य, कृषि, यातायात तथा जनजीवनमा असर पार्ने यस्ता अवस्था र सम्भावित खतराबाट जोगिन महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक

सिंहदरबारबाट राप्रपाका नेताहरू पक्राउ

काठमाडौं । सिंहदरबारभित्रैबाट सरकारविरुद्ध आवाज उठाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका