५ माघ २०८२, आइतबार । January 18, 2026

आज चैत्र शुक्ल एकादशी, कामना पूर्तिको प्रतीक ‘कामदा एकादशी’ व्रत



काठमाडौं । आज मंगलबार चैत्र शुक्ल पक्षको एकादशी तिथी परेको छ ।

हिन्दू धर्ममा विशेष महत्व राख्ने यस एकादशीलाई कामदा एकादशी भनिन्छ। धार्मिक शास्त्र अनुसार, यस व्रतको श्रद्धापूर्वक पालन गरे मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। पञ्चाङ्ग अनुसार, एकादशी तिथि बुधबार राति ११ः३७ बजेसम्म अर्थात् ४४ घडी ३० पला कायम रहनेछ। यस अवधिमा विधिपूर्वक भगवान् विष्णुको आराधना गर्ने परम्परा छ।

कामदा एकादशीलाई विष्णुभक्तहरूले विशेष पूजा, व्रत, कथा पाठ तथा भजनकीर्तन गरेर मनाउने गर्छन्। एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो, जुन वर्षभर २४ पटक शुक्ल र कृष्ण पक्षमा दोहोरिन्छ। प्रत्येक एकादशीको आ–आफ्नो महिमा, कथा र फल हुन्छ, जसको वर्णन विभिन्न पुराणहरूमा पाइन्छ। यस दिन अन्न, मासुजन्य परिकार, मसुरे र दुई दल भएका परिकार नखाने परम्परा छ।

कतिपय भक्तजनहरू दिनभर निराहार बस्ने या बेलुकी एक छाक फलाहार वा रोटी सेवन गर्ने गर्दछन्। वैष्णव परम्परामा त विशेषरूपमा एकादशीलाई पवित्र दिन मानिन्छ र यसको पालन अनिवार्यजस्तै गरिन्छ।

पारिवारिक सुख, मनको शान्ति र इच्छाको पूर्तिको कामना लिएर श्रद्धालुहरूले आज देशभर विभिन्न मन्दिरहरूमा पूजाआजा गर्दै एकादशी व्रत मनाइरहेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं