२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लुम्बिनीमा पिकअप भ्यान दुर्घटनाः दुईको मृत्यु, २२ जना घाइते


२५ चैत्र २०८१, मंगलबार  

66
Shares

रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ अन्तर्गत भरवलिया गाउँमा सोमबार साँझ एक पिकअप भ्यान दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

दुर्घटनामा एक १२ वर्षीया बालिका र एक ४८ वर्षीया महिला मारिएका छन्। शिवगढिया मोड नजिक लु१च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी जानमती यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। दुर्घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा रहेको पिकअप भ्यान मोडमा अनियन्त्रित भई पल्टिएको थियो।

भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्किंदै थिए। प्रहरीका अनुसार उक्त पिकअप भ्यान सामान ढुवानीका लागि प्रयोग गरिने सवारी भए पनि क्षमताभन्दा धेरै यात्रु बोकेको कारण दुर्घटना भएको हो। घटनापछि सवारी चालक कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवाका २६ वर्षीय अशोक पासीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

अत्यधिक भारका कारण सन्तुलन गुमाएर भ्यान पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ