१ आश्विन २०८३, बिहिबार । September 17, 2026

अछामको जयगढ बजारमा भीषण आगलागी,दर्जनौं पसलमा क्षति


२६ चैत्र २०८१, बुधबार  

57
Shares

अछाम । बान्निगडी जयगढ गाउँपालिका-५ स्थित जयगढ बजारमा मंगलबार साँझ भीषण आगलागी हुँदा दर्जनौं व्यवसायिक पसलमा ठूलो क्षति पुगेको छ।

स्थानीय पुष्पराज शर्माद्वारा सञ्चालन गरिएको आइएमई केन्द्रमा रहेको ग्यास सिलिन्डर विस्फोट भएपछि आगो सल्किएको हो। साँझ करिब ७ बजेतिर सुरु भएको आगोले बजार क्षेत्रमा रहेका विभिन्न पसलहरू पूर्णरूपमा क्षति बनाएका छन्। प्रहरीका अनुसार हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउत र मञ्जु साउदका जडीबुटी पसलहरू, रति साउदको भाडा पसल, गोकुल साउद र खगेन्द्र साउदका किराना पसलहरू, किस्मत सुनार र कालु सुनारका सुनचाँदी पसलहरू, र रतन साउदको घर आगलागीबाट प्रभावित भएका छन्।

आगो नियन्त्रणका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको नेतृत्वमा २० जना, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको टोली, र सशस्त्र प्रहरी बल खप्तड गुल्मबाट निरीक्षक हंसराज जोशीको टोली खटिएको थियो। साथै, मङ्गलसेन नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको हो।

प्रहरीका अनुसार आगलागीले बजार क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ भने पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ