१ श्रावण २०८२, बुधबार । July 16, 2025

अछामको जयगढ बजारमा भीषण आगलागी,दर्जनौं पसलमा क्षति



अछाम । बान्निगडी जयगढ गाउँपालिका-५ स्थित जयगढ बजारमा मंगलबार साँझ भीषण आगलागी हुँदा दर्जनौं व्यवसायिक पसलमा ठूलो क्षति पुगेको छ।

स्थानीय पुष्पराज शर्माद्वारा सञ्चालन गरिएको आइएमई केन्द्रमा रहेको ग्यास सिलिन्डर विस्फोट भएपछि आगो सल्किएको हो। साँझ करिब ७ बजेतिर सुरु भएको आगोले बजार क्षेत्रमा रहेका विभिन्न पसलहरू पूर्णरूपमा क्षति बनाएका छन्। प्रहरीका अनुसार हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउत र मञ्जु साउदका जडीबुटी पसलहरू, रति साउदको भाडा पसल, गोकुल साउद र खगेन्द्र साउदका किराना पसलहरू, किस्मत सुनार र कालु सुनारका सुनचाँदी पसलहरू, र रतन साउदको घर आगलागीबाट प्रभावित भएका छन्।

आगो नियन्त्रणका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको नेतृत्वमा २० जना, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको टोली, र सशस्त्र प्रहरी बल खप्तड गुल्मबाट निरीक्षक हंसराज जोशीको टोली खटिएको थियो। साथै, मङ्गलसेन नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको हो।

प्रहरीका अनुसार आगलागीले बजार क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ भने पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश