काठमाडौं । आज बिहान काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:०५ बजे पाँच म्याग्निच्युडको भूकम्प चीनको डिङ्जे क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको हो। डिङ्जे नेपालको उत्तरी सीमाबाट करिब १८ किलोमिटर टाढा पर्छ। भूकम्पका गतिविधिहरू पछिल्लो समय देशका विभिन्न भागमा दोहोरिइरहेका छन्। जाजरकोट जिल्लामा मात्र…