काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन उत्तर प्रदेशको अमरोहामा कार दुर्घटनामा गम्भीर घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार दिल्ली जाँदै गर्दा उनको कार अनियन्त्रित भई अर्को सवारीमा ठोक्किँदा दुर्घटना भएको हो। उनीसँगै सवार उनका साथीहरू अजय मेहरा र ड्राइभर राहुल सिंह पनि घाइते भएका छन्। प्रारम्भिक उपचारपछि…