१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीका लागि नागरिकताको ढोका खोलिँदै


२१ बैशाख २०८२, आइतबार  

189
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोर्खासहित विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहज होस् भन्ने उद्देश्यले नागरिकता सम्बन्धी कानुन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार राजधानीमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै खतिवडाले नागरिकता विधेयक समितिमा दर्ता भइसकेको जानकारी दिए। उनले कानुनमा राजनीतिक पूर्वाग्रह नहोओस् भनेर विशेष सतर्कता अपनाइरहेको पनि उल्लेख गरे। “आमाको नामबाट नागरिकता दिने विषयमा जनस्तरबाट बलियो आवाज आएको छ,” खतिवडाले भने, “गृहमन्त्रालयको धारणा पनि सकारात्मक छ—जुनसुकै संशोधनमार्फत ल्याए पनि मान्य हुने बताइएको छ।”

सभापतिले सबै नेपाली नागरिकलाई समान व्यवहार हुने कानुन निर्माणमा आफूहरू प्रतिबद्ध रहेको बताए। उनले भने, “हामी यस्तो कानुन बनाउन चाहन्छौं जसले विदेशमा रहेका नेपालीलाई नेपाल सम्भव छ भन्ने अनुभूति दिलाओस्।” खतिवडाले विशेषतः ब्रिटिस सेनामा सेवा गरेका गोर्खा सैनिक तथा अन्य कारणले विदेशमा रहे पनि नेपाली पहिचान जोगाउन चाहनेहरूका लागि कानुनी व्यवस्था आवश्यक रहेको बताए।

“हामीले यो विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिएका छौं,” उनले जोड दिए, “नागरिकता पाउन आमाको नाम पर्याप्त हो भन्ने माग आएको छ र समितिमा यसबारे गहन छलफल गरिनेछ।” उनले कुनै पनि नेपाली नागरिक देशविहीन बन्न नदिने स्पष्ट अठोट पनि व्यक्त गरे।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर