२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो


२३ बैशाख २०८२, मंगलबार  

63
Shares

धरान । धनकुटाको एक भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भई करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। को १ ख २१७७ नम्बरको उक्त बस बिहान करिब १०:१० बजे अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनामा भोजपुर घर भई हाल धनकुटामा बस्दै आएकी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ।

त्यस्तै, गम्भीर घाइते दुई जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ। उक्त दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनाको अनुसन्धान जारी रहेको र आवश्यक थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ