जनकपुरधाम । आदर्श नारी तथा मिथिलाकी गौरवमयी पुत्री सीताको जन्मोत्सवका रुपमा आज जनकपुरधाममा जानकी नवमी उल्लासपूर्ण रूपमा मनाइँदै छ।
वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीका रूपमा पूजापाठ, भजनकीर्तन, र धार्मिक कार्यक्रमसहित विशेष रूपमा मनाउने परम्परा रहिआएको छ। जनकपुरस्थित जानकी मन्दिर परिसरमा आज विशेष पूजा, आरती र आकर्षक झाँकी प्रदर्शन गरिएको छ। यस अवसरमा हजारौँ भक्तजन जनकपुरधाममा भेला भएका छन्। श्रद्धालुहरूको सहभागिता र धार्मिक उत्साहले जनकपुरधाममा पर्वको रौनक थपिएको छ।
जानकी नवमीको सम्मानमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको छ, जसले जनस्तरमा पर्वको महत्त्वलाई अझ उजागर गरेको छ।
प्रतिक्रिया