काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको केही घण्टामै रिहा गरेको छ। आइतबारको प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसँगै राप्रपाका नेता बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उनीहरू सबैलाई भद्रकालीस्थित…