काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज दिउँसो संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधानअनुसार यो…