३१ असार २०८२, मंगलबार । July 16, 2025

घुस लेनदेनसम्बन्धी प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा आफ्नो नाम जोडिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पदबाट राजीनामा दिएका छन्। आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् भन्ने आशयसहित राजीनामा दिएको उनले बताएका छन्। “सत्यतथ्य बाहिर ल्याउन मेरो राजीनामा सहयोगी बन्न सकोस् भन्ने अपेक्षा राखेको छु,” गुप्ताले भनेका छन्। राजीनामा दिएपछि सामाजिक…