९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भन्दै गरेको प्रदर्शन सकिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू पक्राउ परेपछि आन्दोलन कमजोर बन्दै गएको हो। नेताहरूले सिंहदरबार परिसरमै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। त्यसपछि कार्यकर्ताहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखे पनि प्रदर्शन फितलो देखिएको थियो।

राप्रपाले निषेधित क्षेत्र अतिक्रमण गर्ने घोषणा गरेसँगै सुरक्षा व्यवस्था व्यापक रुपमा कडा पारिएको थियो। केही ठाउँमा सामान्य धकेलाधकेल भए पनि कुनै गम्भीर वा अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ। नेताहरूको पक्राउपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ, जुन आज साँझ ४ बजे बस्ने तयारीमा छ।

पक्राउ परेकाहरूमा अध्यक्ष लिङ्देनसँगै उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही छन्, जसलाई प्रहरीले भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी