४ असार २०८३, बिहिबार । June 18, 2026

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल


९ बैशाख २०८२, मंगलबार  

21
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन चाहन्छु। तपाईंहरूले पटकपटक आन्दोलन गरेका, सम्झौता गरेका र धोका खाएका छन्, यसपटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।”

शिक्षकहरूको माग विद्यालय शिक्षा ऐनको सम्बन्धमा छ, जुन मागलाई सरकारसँग बारम्बार वार्ता गरे पनि समाधान भएको छैन। प्रचण्डले भने, “शिक्षकहरूले कुनै नयाँ कुरा मागेका छैनन्, पुरानो सम्झौताअनुसार ऐन बनाइदिनुपर्ने हो।” यस क्रममा उनले सरकारको गैरजिम्मेवारीको संकेत गर्दै एमालेकी नेतृ विद्या भट्टराईको राजीनामाको विषय पनि उठाए। “विद्या भट्टराईको राजीनामा सरकारको गैरजिम्मेवारीको नयाँ प्रमाण हो,” उनले भने।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक दृष्टिकोणको आलोचना गर्दै सरकारलाई बुद्धि पुर्‍याउन आग्रह गरे।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा