२ असार २०८२, सोमबार । June 16, 2025

राजसंस्थाको पक्षमा राप्रपाको शक्ति प्रदर्शन: काठमाडौंको सडकमा तनाव



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजदेखि राजसंस्था पुनःस्थापनाको माग गर्दै सशक्त आन्दोलनमा उत्रिएको छ। आन्दोलनको पहिलो दिनमै राप्रपाले काठमाडौंको नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्दै विरोध प्रदर्शन गरेको छ।

पूर्वघोषित कार्यक्रमअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता तथा कार्यकर्ताहरू बानेश्वर पुगेका हुन्। उनीहरूले नाराबाजी गर्दै निषेधित क्षेत्र भित्र प्रवेश गर्ने प्रयास गरेपछि सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

बिहानैदेखि सडकको बीचमा प्रहरीले ब्यारिकेड राखेर सवारी आवागमन नियन्त्रणमा लिएको छ। यद्यपि, लिङ्देनले प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेका छन्।

राजसंस्था पुनःस्थापनाका पक्षमा राप्रपाले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ। आजको प्रदर्शन त्यसको सुरुआती संकेत भएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको