४ आश्विन २०८३, आइतबार । September 20, 2026

राजसंस्थाको पक्षमा राप्रपाको शक्ति प्रदर्शन: काठमाडौंको सडकमा तनाव


७ बैशाख २०८२, आइतबार  

18
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजदेखि राजसंस्था पुनःस्थापनाको माग गर्दै सशक्त आन्दोलनमा उत्रिएको छ। आन्दोलनको पहिलो दिनमै राप्रपाले काठमाडौंको नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्दै विरोध प्रदर्शन गरेको छ।

पूर्वघोषित कार्यक्रमअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता तथा कार्यकर्ताहरू बानेश्वर पुगेका हुन्। उनीहरूले नाराबाजी गर्दै निषेधित क्षेत्र भित्र प्रवेश गर्ने प्रयास गरेपछि सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

बिहानैदेखि सडकको बीचमा प्रहरीले ब्यारिकेड राखेर सवारी आवागमन नियन्त्रणमा लिएको छ। यद्यपि, लिङ्देनले प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेका छन्।

राजसंस्था पुनःस्थापनाका पक्षमा राप्रपाले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ। आजको प्रदर्शन त्यसको सुरुआती संकेत भएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली