काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा प्रस्तुत हुने पक्का भएको छ। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग बुधबार सम्पन्न छलफलपछि उक्त मिति तय गरिएको हो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यसपालिको तयारी विधि अघिल्ला वर्षहरुभन्दा केही फरक छ। उनका अनुसार यसपटक पहिला नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरी…