काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गर्दै स्पष्ट धारणा सार्वजनिक गरेको छ। आज बिहान सम्पन्न पार्टी पदाधिकारी बैठकले लेखक उक्त अनियमिततामा संलग्न नभएको निष्कर्षमा पुगेको हो। बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकको भूमिकामा कुनै संलग्नता नभएको दाबी गर्दै भने, "जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न…