२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ


११ बैशाख २०८२, बिहिबार  

18
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार पन्तलाई मन्त्री पदमा नियुक्त गरेका थिए। उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको पछाडि आठौं वरीयतामा रहेका छन्।

शिक्षक आन्दोलनको दबाबबीच शिक्षामन्त्री विद्या भट्टाराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। त्यसपछि एमालेका समानुपातिक सांसद पन्तलाई सो जिम्मेवारी दिइएको हो। पन्तको नियुक्तिसँगै शिक्षा मन्त्रालयले नयाँ दिशा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ