काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङ जिल्लाबाट युवा नेता मीनबहादुर कुवर (विश्वास)लाई उम्मेदवार चयन गरेको छ। कुवरका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङबाट निर्वाचन लड्न औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्। उनले प्रचण्डबाट निर्वाचन सफलताको कामना र भावी राजनीतिक यात्राबारे स्पष्ट मार्गदर्शन समेत प्राप्त गरेको…