१६ आश्विन २०८३, शुक्रबार । October 2, 2026

बजार अनुगमनको नाममा व्यवसायी आतंकित बनाउने काम नगर्न एफएनआईसीको सरकारलाई चेतावनी


३ जेष्ठ २०८३, आइतबार  

9
Shares

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले सरकारले लागू गरेको एमआरपी (म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्थालाई सकारात्मक कदम भन्दै स्वागत गरेको छ ।

तर बजार अनुगमनका नाममा व्यवसायीमाथि भइरहेको धरपकड र अनावश्यक दबाबप्रति महासंघले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष खिमनारायण पराजुलीले सरकारका सकारात्मक कदमप्रति समर्थन रहने तर व्यवसायीलाई आतंकित बनाउने गतिविधि स्वीकार्य नहुने बताए । उनले गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्नु जायज भए पनि अनावश्यकरूपमा उद्योगी–व्यवसायीलाई तर्साउने काम नगर्न सरकारलाई आग्रह गरे ।

“कानुनसम्मत काममा हाम्रो पूर्ण समर्थन रहन्छ, तर कानुनभन्दा माथि उठेर व्यवसायीलाई दबाब दिने प्रयास भए महासंघले प्रतिवाद गर्छ,” उनले भने । पराजुलीले बजारमा मूल्य पारदर्शिता कायम गर्न तथा अनियमितता नियन्त्रण गर्न ल्याइएको एमआरपी व्यवस्था स्वागतयोग्य भए पनि यसको कार्यान्वयन व्यवहारिक, सहज र व्यवसायमैत्री हुनुपर्ने धारणा राखे ।

उनका अनुसार बजार संरचना, साना तथा मझौला व्यवसायीको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार र कर प्रक्रियाका व्यावहारिक पक्षलाई ध्यानमा राखेर मात्रै एमआरपी प्रणाली प्रभावकारी बन्न सक्छ । त्यस्तै पर्यटन उद्योगमा सेवा सुविधा र आतिथ्यता समेत जोडिने हुनाले यस क्षेत्रमा एमआरपी को विद्यमान प्रावधान अव्यवहारिक रहेकाले यस क्षेत्रका लागि छुट्टै व्यवस्था आवश्यक रहेको एफएनआईसीले औँल्याएको छ ।

यस्तै, शैक्षिक परामर्श फर्ममा सरकारले गरेको छापामारीबारे पनि महासंघले धारणा सार्वजनिक गरेको छ । अध्यक्ष पराजुलीले अवैध रूपमा सञ्चालन भएका फर्मलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने बताए । नियमअनुसार सञ्चालन नभए कारबाही गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा महासंघका नवनिर्वाचित महासचिव सूर्य थापाले साना तथा मझौला उद्योगी–व्यवसायीको हक, हित र अधिकारका पक्षमा महासंघ निरन्तर सक्रिय रहने बताए ।

महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट खिमनारायण पराजुलीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । बाँकी ७ सदस्य भने पछि मनोनयन गरिने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि