१६ आश्विन २०८३, शुक्रबार । October 2, 2026

शैक्षिक परामर्श क्षेत्रमा छापा र धरपकडप्रति इक्यानको आपत्ति, सम्पूर्ण क्षेत्रलाई अपराधीकरण नगर्न आग्रह


३ जेष्ठ २०८३, आइतबार  

6
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विभिन्न शैक्षिक परामर्श संस्थामाथि हालै गरिएको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहित सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायहरूको पछिल्लो कारबाहीलाई आफूहरूले संवेदनशील रूपमा लिएको जनाएको हो । वि.सं. २०५४ सालदेखि सञ्चालनमा रहेको इक्यानले आफू सदैव विधिको शासन, विद्यार्थी हित, उपभोक्ता संरक्षण, वित्तीय पारदर्शिता तथा नेपाल सरकारका कानूनी र नियामकीय मापदण्डप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

संघले शिक्षा क्षेत्रको नाममा हुने ठगी, झुटा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी–अभिभावकमाथिको विश्वासको दुरुपयोगजस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरेको छ । यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि निष्पक्ष, पारदर्शी र कडा कानूनी कारबाही हुनुपर्नेमा पनि इक्यानले जोड दिएको छ । तर, पछिल्लो समय अपनाइएको अनुसन्धान तथा नियामकीय कार्यशैलीप्रति भने संघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै इक्यानले त्यसप्रति असन्तुष्टि जनाएको हो । संघका अनुसार केही व्यक्तिको कमजोरीलाई लिएर सम्पूर्ण क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेर्ने प्रवृत्तिले वैधानिक संस्थाहरूको प्रतिष्ठामा नकारात्मक असर पार्नुका साथै नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने जोखिम रहेको छ ।

यसले इमान्दार व्यवसायीहरूको मनोबल कमजोर बनाउने र समग्र क्षेत्रको स्थायित्वमै चुनौती सिर्जना गर्न सक्ने इक्यानको भनाइ छ । इक्यानले कानून उल्लंघन गर्ने जोसुकैमाथि कडा कारबाही आवश्यक रहेको दोहोर्याउँदै कानून कार्यान्वयनको नाममा वैधानिक व्यवसायलाई अपराधीकरण गर्ने, डिजिटल युगका चुनौतीलाई बेवास्ता गर्ने तथा शिक्षा क्षेत्रमा निजी क्षेत्रले दिएको योगदानको अवमूल्यन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि