काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढाइँदैछ। मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेको भए पनि तोकिएको समयमै काम नसकिएको कारण ठेकेदार कम्पनीलाई हर्जना तिर्नुपर्ने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार सम्झौताअनुसार काम समयमै सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई आयोजनाको कुल लागतको ०.०५ प्रतिशतका दरले दैनिक हर्जना…