१ मंसिर २०८२, आइतबार । November 17, 2025

भियतनामको हलोङ्ग खाडीमा डुंगा पल्टिँदा ३४ को ज्यान गयो, ८ अझै बेपत्ता



काठमाडौं । भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ्ग खाडीमा डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने अझै ८ जना बेपत्ता छन्।

शनिबार दिउँसो पर्यटकहरूले डुंगा सयर गरिरहेका बेला अचानक आएको शक्तिशाली आँधीले डुंगा पल्टाएपछि दुर्घटना भएको हो। डुंगामा हनोईबाट आएका भियतनामी नागरिकहरूको संख्या बढी थियो। स्थानीय मिडियाहरूका अनुसार ‘विफा’ नाम दिइएको तुफानले तीव्र गतिमा खाडीमा प्रवेश गरेपछि डुंगा असन्तुलित भएर डुबेको हो।

घटनास्थलमा अहिले पनि खोज तथा उद्धार कार्य जारी छ। तर लगातारको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको उद्धार टोलीले जनाएको छ।

यस घटनाले भियतनामभरि शोकको वातावरण सिर्जना गरेको छ, भने हालोङ्ग खाडीमा पर्यटकीय गतिविधिमा अस्थायी रोक लगाइएको जनाइएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई