१७ आश्विन २०८३, शनिबार । October 4, 2026

हेवा खोलाको बाढीले मेची राजमार्ग अवरुद्ध, ताप्लेजुङ–पाँचथर यातायात ठप्प


४ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार खोलाको डाइभर्सनमाथिबाट पानी बग्न थालेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। उनले भने, “अहिले खोलामा पानीको बहाव केही घट्दो छ, बहाव कम भएपछि डाइभर्सन मर्मत गरेर यातायात सुचारु गरिनेछ।”

राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन स्थानीय तहमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। यो घटनाअघि पनि हेवा खोलाले समस्या निम्त्याउँदै आएको छ। २०८० सालको असारमा आएको बाढीले यसै खोलाको मूल पुल बगाएको थियो। त्यसपछि बनाइएको अस्थायी बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीले बगाएको थियो।

त्यसयता डाइभर्सनमार्फत सवारी साधन आवागमन हुँदै आएको थियो। गत जेठ ३१ गते मात्रै फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने नयाँ बेलिब्रिज निर्माण सम्पन्न गरिएको भनिए पनि सोही दिन बाढीले भत्काइदिएको थियो। यात्रा सहज बनाउन भन्दै पटक–पटक बनाइएका संरचना बाढीले नष्ट गर्दा स्थानीयवासी मर्कामा परेका छन्।

यस्तै, बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोरसमेत अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँघुरीगढी गाउँपालिका–९ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

बढ्दो प्राकृतिक विपद् र कमजोर पूर्वाधार व्यवस्थापनका कारण पूर्वी पहाडी जिल्लाहरूमा आवागमन अवरुद्ध हुने समस्या बारम्बार देखिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि