२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

पर्वतमा पहिरोले घर पुर्यो, दुई जना बेपत्ता



काठमाडौं । पर्वत जिल्लाको मोदी गाउँपालिका–३, देउरालीस्थित लाङ्दीमा पहिरो जाँदा एकै परिवारका दुई सदस्य बेपत्ता भएका छन्।

वर्षासँगै आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी समवयस्क पत्नी विष्णुमती विश्वकर्मा बेपत्ता भएका वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनाको बेला घरमै रहेका उनीहरू पुरिएर हराइरहेका छन् भने बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने हाम फालेर ज्यान जोगाउन सफल भएकी छन्।

वडाध्यक्ष क्षेत्रीका अनुसार पहिरोका कारण सडक तथा खेतबारीमा पनि क्षति पुगेको छ। उद्धारका लागि स्थानीय प्रशासन र बासिन्दा परिचालित भएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई