६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

दुई दशकपछि अन्ततः चिरनिद्रामा सुते साउदीका राजकुमार वालिद


४ श्रावण २०८२, आइतबार  

57
Shares

काठमाडौं । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको दुःखद निधन भएको छ। उनी झन्डै २० वर्षसम्म कोमामा रहेका थिए।

सन् २००५ मा १५ वर्षको उमेरमा बेलायतको लन्डनमा सैनिक तालिमका क्रममा कार दुर्घटनामा परेपछि उनी गम्भीर घाइते भए। मस्तिष्कमा गहिरो चोट र रक्तस्रावपछि उनी अचेत अवस्थामा पुगेका थिए। त्यस यता राजकुमार वालिदलाई ‘स्लीपिङ प्रिन्स’ (सुतिरहेको राजकुमार) भनेर चिनिन्थ्यो।

अमेरिकी र स्पेनिस चिकित्सकहरूको संयुक्त प्रयासबाट उपचार भए पनि उनी कहिल्यै होसमा फर्कन सकेनन्। उनको अवस्थाले केवल साउदी मात्रै होइन, विश्वभरका मानिसहरूको सहानुभूति बटुलेको थियो। कहिलेकाहीँ हुने शरीरका हल्का गतिविधिहरूले परिवारमा आशा जाग्ने गर्थ्यो।

राजकुमारका पिता खालिद बिन तलालले चिकित्सकहरूको जीवन समर्थन उपकरण हटाउने सुझाव अस्वीकार गर्दै छोरा एकदिन निको हुने विश्वास राखे। उनी निरन्तर राजकुमारको शय्या छेउ बसेर कुरानको पाठ सुनाउँथे, छोरा वालिदलाई चुम्बन गर्दै हौसला दिन्थे।

सन् २०२५, जुलाई १९ मा साउदीको एक विशेष स्वास्थ्य केन्द्रले राजकुमारको निधनको पुष्टि गरेपछि देशभर श्रद्धाञ्जलीको लहर छाएको छ। धैर्यता, पितृमाया र विश्वासको प्रतीकका रूपमा सम्झिनेहरूप्रति गल्फ न्युजले पनि सम्मान व्यक्त गरेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि