काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा उत्तरतर्फ सरेर नेपालको तराई नजिक पुगेकाले अधिकांश भागमा मौसम बदली भएको छ। देशका अधिकांश भूभागमा पूर्ण बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।…