१९ बैशाख २०८३, शनिबार । May 2, 2026

कक्षा १२ को नतिजा सार्वजनिक : वेबसाइट, एसएमएस र आईभीआरमार्फत यसरी हेर्न सकिन्छ


१९ श्रावण २०८२, सोमबार  

66
Shares

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेसँगै नतिजा आज सार्वजनिक गरिएको हो। २०७९ साल वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी थिए।

बोर्डले परीक्षा सञ्चालनका लागि देशभर १ हजार ५ सय ९१ केन्द्र तोकेको थियो। विद्यार्थीहरू ५ हजार २ सय २ वटा विद्यालयबाट सहभागी भएका थिए। यसपटक विदेशस्थित जापानको एभरेस्ट स्कुलबाट समेत ३८ जना परीक्षार्थीले परीक्षा दिएका थिए।

जिल्लागत हेर्दा मनाङबाट ४५ जना र काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार विद्यार्थी सहभागी भएका थिए। काठमाडौंमा मात्रै १ सय ६२ परीक्षा केन्द्र सञ्चालन गरिएको थियो भने मनाङ र मुस्ताङमा १/१ परीक्षा केन्द्र तोकिएको थियो। यसअघिको तालिकाअनुसार वैशाख ११ बाट परीक्षा सुरु हुने भए पनि नेपाल शिक्षक महासंघको शैक्षिक हडताल र काठमाडौं केन्द्रित आन्दोलनका कारण परीक्षा १० दिन पछि सरेको थियो।

परीक्षा जेठ २ गते सम्पन्न भएको हो। त्यसपछि उत्तरपुस्तिका मूल्यांकन लगायतका काम तीव्र गतिमा सम्पन्न गरिएका थिए।

यसरी हेर्नुहोस् नतिजा

नतिजा सार्वजनिक भएसँगै धेरै विद्यार्थी र अभिभावकहरू नतिजा हेर्ने तरिकाबारे अन्योलमा छन्। यसबारे बोर्डले जानकारी दिएको छ। नतिजा निम्न माध्यमबाट हेर्न सकिन्छ:

🔹 वेबसाइटमार्फत:
– राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: neb.gov.np
– नेपाल टेलिकमको वेबसाइट: neb.ntc.net.np

🔹 एसएमएस सेवामार्फत:
NEB को सिम्बोल नम्बर टाइप गरी नेपाल टेलिकमको १६०० नम्बरमा SMS पठाउँदा नतिजा प्राप्त गर्न सकिन्छ।

🔹 आईभीआर सेवामार्फत:
नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सकिन्छ।

🔹 यूएसएसडी सेवामार्फत:
मोबाइलबाट *1601# डायल गरी निर्देशानुसार नतिजा हेर्न सकिनेछ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट