३० बैशाख २०८३, बुधबार । May 13, 2026

अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्ने टोली घोषणाः कुशल मल्लको पुनरागमन, आदिलले पाएनन् मौका


१९ श्रावण २०८२, सोमबार  

75
Shares

काठमाडौं । अष्ट्रेलियामा आगामी अगष्ट १४ देखि २४ सम्म हुने “टप एन्ड टी–२० सिरिज” का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीलाई सिरिजका लागि छनोट गरिएको हो। यस अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले अष्ट्रेलियाका विभिन्न घरेलु टोलीसँगै पाकिस्तान र बंगलादेशका ए टिमविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सिरिज नेपालका लागि आगामी प्रतियोगिताहरूको तयारीमा महत्वपूर्ण मानिएको छ।

टीम छनोटमा केही नयाँ मोड आएको छ। लामो समयपछि कुशल मल्ल पुनः टोलीमा फर्किएका छन्। उनी अघिल्लो पटक टिमबाट बाहिरिएका थिए। तर, पछिल्लो प्रदर्शन र तयारीका आधारमा यसपटक स्थान बनाएका हुन्। यता, विकेटकिपर ब्याट्सम्यान अनिल साह भने कमजोर लयका कारण टोलीमा अटाउन सकेनन्।

चर्चित स्पिन बलर सन्दीप लामिछाने पनि टोलीमा परेका छन्। हाल उनी बन्द प्रशिक्षणमा सहभागी छैनन्, तर प्रतियोगिताका लागि अष्ट्रेलिया जाने टिममा समावेश गरिएका छन्।

अष्ट्रेलिया टप एन्ड टी–२० सिरिजका लागि नेपाली टोली:

  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

आसिफ शेख,सन्दीप लामिछाने,कुशल भुर्तेल,कुशल मल्ल,गुल्सन झा,आरिफ शेख,भीम सार्की,रुपेश सिंह,सोमपाल कामी,नन्दन यादव,करण केसी,रिजन ढकाल,लोकेश बम,ललित राजवंशी

यो सिरिज नेपालका युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसरका रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली