काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेक शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्दैछन्। उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने कार्यक्रम छ। प्रतिनिधिसभामा हिजोको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक कुनै नेपाली प्रधानमन्त्रीले औपचारिक भ्रमण गर्न लागेको उल्लेख गरे।…