२ कार्तिक २०८३, सोमबार । October 19, 2026

नेपाल सुपर लिगः धनगढीको विजयी सुरुवात, बुटवल ४–१ ले पराजित


१८ चैत्र २०८१, मंगलबार  

21
Shares

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा सशक्त प्रदर्शन गर्दै धनगढी एफसीले शानदार जित हात पारेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साबिक विजेता धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो। खेलको छैटौं मिनेटमै हिजालीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए। तर, ३१औं मिनेटमा बुटवलका केन्टा हाराले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा धनगढीले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

७५औं मिनेटमा मार्की प्लेयर कृतिशरत्न छुन्जुले कप्तान देवेन्द्र तामाङको पासमा सुन्दर गोल गर्दै धनगढीलाई पुनः अग्रता दिलाए। खेल २(१ को अवस्थामा रहँदा इन्जुरी समयमा धनगढीले थप २ गोल गर्दै जित सुनिश्चित गर्यो। इन्जुरी समयको छैटौं मिनेटमा हिजालीले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने खेल सकिनै लाग्दा सर्जियो बार्बोजुले अर्को गोल थप्दै टिमलाई सानदार जित दिलाए। बुटवल लुम्बिनीका लागि भने यो पहिलो हार रह्यो।

यसअघि झापा एफसीविरुद्ध गोलरहित बराबरी खेलेको बुटवलका लागि अंक हासिल गर्ने प्रयास सफल हुन सकेन। धनगढीको यो जितले सुपर लिगमा उनीहरूको सशक्त सुरुवातलाई संकेत गर्छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि